नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३५ औं स्मृति दिवस कांग्रेस र उसका भ्रातृ संगठनहरुले शुक्रबार विभिन्न कार्यक्रम गरी मनाउँदै छन्। यस अवसरमा कांग्रेसले बीपी संग्राहलय सुन्दरीजलमा विशेष कार्यक्रम आयोजना गरेको छ।विसं १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मेका कोइरालाको क्यान्सर रोगका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो । कोइरालाको नेतृत्वमा जहानियाँ राणाशासन हटाउन २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो ।

बिपी कोइरालाले २००७ सालमा १०४ बर्षीय जहानीया राणशासनबिरुद्ध जनक्रान्तीको नेतृत्व गरेका थिए ।भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरुसंगै जेल परेका थिए ।

नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक ब्यक्तित्वका रुपमा समेत परिचित छन् ।

उनि नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट परिचित छन् ।राष्ट्रियता प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गरेका कोइराला २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भएका थिए ।तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्रीबाट बर्खास्त गरी कोइारालालाई जेल राखेका थिए ।

उनि २०२५ सालसम्म आठ बर्ष निरन्तर जेलमै रहे । त्यसपछि भारत प्रवासमा रहेका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए ।

उच्च राजनीतिक छवि हुँदाहुँदै पनि उनले नेपाली साहित्यमा पु¥याएकोे योगदानलाई अतुलनीय मानिन्छ । कोइरालाको सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाई, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरु नेपाली साहित्यमा चर्चित छन् ।