पुस १५,हात्तीको बच्चालाई काँधमा बाकेर उद्धार गर्ने भारतको दक्षिणी क्षेत्रका एक वन रक्षक अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएका छन् ।
नालीमा खसेर आमासँग बिछोडिएको हात्तीको बच्चा छावा लाई काँधमा बोकेर उद्धार गर्ने तमिलनाडुका २८ वर्षे पलानीजामी सरतकुमारलाई अहिले देश तथा विदेशबाट बधाई र शुभकामना सन्देश आएका छन् । गएको सप्ताहन्तमा उनले हात्तीको छावालाई काँधमा बोकेर उद्धार गरेको खबर आएपछि उनी चर्चित भएका हुन् ।
स्थानीय टेलिभिजन तथा सामाजिक सञ्जालमो छावा उचाल्दै गरेको भिडियो प्रशारण तथा सार्वजनिक भएपछि आफूलाई धेरैले बधाई दिएका उनले बताएका छन् ।
धेरैले आफू भन्दा गह्रुंगो हात्ती कसरी उचाल्यौ भनेर सोध्ने गरेको उनले बताएका छन् ।उनले बिबिसीसँग भने ‘छावा निकै गह्रुंगो थियो । तर त्यसबेला उचाल्न सकेँ । यसमा साथीहरुले सहयोग गरे ।’
हात्तीको छावा उचाल्दा सन्तुलन गुमाउँछु कि भन्ने डर लागेको तर आफूले उचाल्न सकेको उनको भनाई छ ।हात्तीको छावाको उद्धार डिसेम्बर १२ मा भएको हो । छावालाई उद्धार गरेर आमाको साथमा पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।