हेटौँडा,१५ पुस,
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले समृद्ध नेपालको नेतृत्व अब नीजि क्षेत्रले गर्ने बताएकी छिन् । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औँ वार्षिक साधरणसभामा बोल्दै अध्यक्ष राणाले नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै अब नयाँ नेपालमा हुने आर्थिक समृद्धिको नेतृत्व लिन उद्योगी ब्यवसायीहरु तयार हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष राणाले मकवानपुरको विकासको मुल प्रवाह निर्माणधिन फस्ट ट्र्याक तथा निजगढ विमानस्थल रहेको भन्दै उनले मकवानपुर पर्यटन विकासको निकै संभावना भएको जिल्ला रहेको बताईन् ।
ब्यस्त समयबिच उपस्थित भएकी राणाले छोटो मन्तब्य ब्यक्त गर्ने क्रममा मकवानपुर उद्योग वाणिज्य संघ देशमानै क्रियाशिल उद्योग वाणिज्य संघ मध्येको एक भएको दाबी गरिन् ।
कार्यक्रममा सांसदहरु कृष्णप्रसाद दाहाल, बिरोध खतिवडा, उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष चण्डीराज ढकाल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा पत्रकारिता मार्फत मकवानपुर उद्योग वाणिज्य संघको गतिविधिलाई आम नागरिकबिच लगेको भन्दै पत्रकारहरु कृष्ण सारु, विवश अधिकारी तथा पुष्पराज अधिकारीलाई सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।