१५ पुस, युगाण्डामा क्रिसमस पर्वका समयमा सडक दुर्घटनामा परी २६ जनाको मृत्यु भएको युगाण्डाको ट्राफिक प्रहरीका प्रवक्ताले बताएका छन् ।
प्रहरीको ट्राफिक तथा सडक सुरक्षा निर्देशनालयका प्रवक्ता चाल्र्स सेवाम्बुलिडद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, क्रिसमस समय अर्थात् डिसेम्बर २३ देखि २८ सम्मको अवधिमा देशभर २३ सडक दुर्घटना भएका र प्रायजसो परिवारसहित पहाडी क्षेत्रमा आफन्तसँग भेटेर क्रिसमसको आनन्द साट्न गरिएका यात्राका क्रममा भएका बताएको छ ।
प्रायजसो दुर्घटना चालकको लापर्बाही, उच्च गति, भारबहन क्षमताभन्दा बढी यात्रु बोकेको र मादक पदार्थ सेवन गरी गाडी चलाएका कारण भएका प्रहरीले जनाएको छ ।
युडाण्डामा प्रत्येक बर्ष २० हजार सवारी दुर्घटना हुने गरेको र त्यसमा परी औषत दुई हजार मानिसले ज्यान गुमाउने गरेको प्रहरीको तथ्याङ्कमा छ । युगाण्डा विश्वको अत्यधिक सडक दुर्घटना हुने मुलुकमध्ये एक हो । रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।