आज मकवानपुर उद्योग वाणिज्य संघको ५१ औँ वार्षिक साधारणसभा हुँदैछ । यो वर्ष मकवानपुर उद्योग वाणिज्य संघको चुनावी वर्ष समेत भएकोले वार्षिक साधारणसभाको भन्दा निर्वाचनको चर्चा धेरै रहेको छ । यसै सन्र्दभमा टिपिकल स्टिल इण्डस्ट्री प्रालि, हेटौँडा औद्योगिक क्षेत्र, हेटौँडा फुटसल एण्ड स्विमिङ सेन्टर, तुलसी मेहर मावी अध्यक्ष, निर्मल स्टिल फर्निचर उद्योगका सञ्चालक, टिपिकल सेभिङ एण्ड क्रेडित कोअपरेटिभ सस्थापक सचिव, मकवानपुर बहुमुखी क्याम्पस ब्यवस्थापन संकाय प्रमुख तथा महेन्द्र राउत प्यानलका एक महत्वपूर्ण सदस्य वौद्धिक ब्यक्तित्व यम बहादुर सिलवालसँग खबरब्रेकले गरेको विशेष कुराकानीको अंशः
तपाईले जित्दा मकवानपुर उद्योग वाणिज्य संघलाई के फाईदा पुग्छ ?
– मकवानपुर उद्योग वाणिज्य संघमा पछिल्लो केहि वर्षबाट औद्योगिक क्षेत्रका उद्योगिहरुको सहभागिता कम भएको हुँदा हामिले केहि समस्याहरु भोग्नु परेको छ । उद्योगीहरुलाई उद्योग सञ्चालनमा सहजिकरण हुने नीति निर्माण गर्ने तर्फ मेरो मुख्य ध्यान जानेछ ।
मैले जितेको खण्डमा यहाको समस्याको विषयमा पैरबी गर्ने, स्थानीय, प्रादेशीक, तथा केन्द्र सरकारसँग समन्वय गर्ने, स्थानीयहरुलाई औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न प्राथमिकतामा राख्न पहल गर्ने, औद्योगिक सम्वन्ध सुधारमा विशेष पहल गर्ने, आयात निर्यातमा पर्ने समस्याहरुलाई नीतिगत रुपमा समाधान गर्ने, बन्दरगाहाका समस्याहरु समाधान गर्न सम्वन्धित देशमा महावाणिज्य दुतावास मार्फत पहल गर्ने, राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा बजार प्रर्बद्धन, र लगानी आकर्षण गर्न कार्यक्रमहरु गर्ने, उद्योगलाई सामजिक गतिविधिहरुमा सम्लग्न गर्न प्रोत्साहित गर्ने काम हुनेछ । यि कामहरु गर्नको लागि केहि निश्चित भिजन भएको मानिसहरु आवश्यक रहन्छ, मलाई लाग्छ त्यो भिजन मसँग छ । तसर्थ मकवानपुर उद्योग वाणिज्य संघमा मेरो उपस्थिती हुनु जरुरी रहेको छ । जसको कारण मकवानपुर उद्योग वाणिज्य संघलाई समेत फाईदा हुनसक्छ ।
महेन्द्र राउतकै प्याननले जित्नु पर्ने चैँ किन ?
– वास्तवमा मकवानपुर उद्योग वाणिज्य संघ भनेको मकवानपुरमा रहेका सम्पूर्ण ब्यवसायीहरुको साझा संस्था हो । यहा सानो देखि अन्तराष्ट्रिय क्षेत्रमा विस्तार भएका उद्योग ब्यवसायहरु रहेका छन् । हामीले महेन्द्र राउतकै समुहले जित्नु पर्छ भन्ने पनि विभिन्न कारणहरु रहेका छन् । पहिलो कारण भनेको यो समुहमा साना देखि ठुला उद्योगीहरु समेटिएका छन। जुन कारण साना देखि ठुला ब्यवसायमा हुने समस्याहरुको समाधान गर्न सहज हुनेछ ।
दोश्रो कारण भनेको यस भन्दा पहिले पनि कार्यसमितिमा रहेका सदस्यहरु मध्ये ब्यवसायीको हक अधिकारको लागि लडेका राउत सहितको सम्पूर्ण साथिहरु यो प्यानलमा रहेका छन । जो दिनरात नभनी ब्यवसायीहरुको अधिकारको लागि सधै लडेका थिए ।
तेश्रो कारण भनेको हाम्रो प्यानलमा सबै उम्मेद्वार हरु सबै क्षेत्रका रहेका छन् । यहा फर्म मात्र दर्ता गरेर उम्मेद्वारी दिएका कोहि पनि छैनन्। सबै जना एउटा मात्र हैन ५ वटा सम्म ब्यवसायमा आवद्धता जनाउने उम्मेद्वारहरु रहेका छन् ।
चौथो कारण ब्यवसायीको निकट रहने, प्रत्येक दिन उनीहरुको घरदैलोमा पुग्ने, भनेको समयमा भेटन सकिने उम्मेद्वारहरु राउतको प्यानलमा रहेका छन, जस्ले गर्दा जुनसुकै बेलामा पनि हुने समस्याहरुलाई तत्काल अन्द स्पट समधान गर्न सहज हुनेछ ।
पाँचौँ कारण यो प्यानलमा विभिन्न सामजिक संघ सस्था लगाएको क्षेत्रमा लामो समय सफल कार्यकाल सम्पन्न गरेकाहरु, ब्यवसाय संगै सामजिक उत्तरदायित्वलाई बहन गर्न सक्ने खुबी भएकाहरुको जमात रहेको छ । यि आदि इत्यादि कारणहरुले पनि महेन्द्र राउतकै प्यानलले जित्न जरुरी रहेको छ ।
भनेपछि तपाईहरु जित हुनेमा पूर्ण विश्वस्त हुनुहुन्छ हैन त ?
– अवश्य पनि हो । हामी जहिले पनि ब्यवसायीहरुको समस्यालाई आफ्नो मुख्य समस्याको रुपमा लिएर हिडेका ब्यक्ति हौँ । हामी निरन्तर ब्यवसायीहरुमाझ उनिहरुको हरेक समस्यालाई आफ्नो समस्याको रुपमा लिएर त्यसलाई न्यायपूर्ण समधानको लागि पहल कदमी गर्ने समुहमा पर्ने गर्दथ्यौ । यि र यिनै कारणले पनि हामीलाई जित्ने कुरामा पूर्ण रुपमा विश्वास लागेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।