साङ्केतिक तस्वीर

बाजुरालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ,योसँगै नेपालमा पूर्ण खोपयुक्त जिल्लाको संख्या ३२ पुगेको छ।

नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य तथा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले शुक्रबार आयोजित कार्यक्रममा बाजुरालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन्।त्यस अबसरमा थापाले बाजुरालाई समृद्ध बनाउनका लागि प्राकृतिक स्रोतको सदुपयोग गुर्न पर्ने बताए।कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पोखरेलले पूर्ण खोप घोषणा गर्नु मात्र नभई यसलाई निरन्तरता दिन जरुरी रहेकोमा जोड दिए।