रासस/एएफपी

१५ पुष,न्युयोर्क –अमेरिकी सहर न्यूयोर्कको ब्रोन्स्मा रहेको एक अपार्टमेन्टमा बिहीबार भएको आगलागीमा परीमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ।

न्यूयोर्क सहरमा दशकौंपछि भएको यस दुर्घटनाका कारण अन्य चार व्यक्ति गम्भीर घाइते भएका प्राप्त समाचारमा जनाइएको छ।

ब्रोन्स् सहरमा अवस्थित चिडियाखानाको अगाडिपट्टी रहेको २५ तले यस अपार्टमेन्टमा स्थानीय समयाअनुसार बिहीबार साँझ ७ बजे आगलागी सुरु भएको थियो।

न्यूयोर्कको यो सहरमा अवस्थित ब्रोन्स् चिडियाखाना विश्वकै एक प्रख्यात पर्यटकीय गन्तव्यस्थल हो । आगलागीमा परी मृत्यु हुनेमा एक वर्षीय बालक पनि रहेका थिए।

उक्त सहरमा बिहीबारको तापक्रम शुन्य डिग्री सेल्सियस थियो । यस्तो जाडोमा के कसरी आगलागी भएको हो भन्ने बारेमा प्रहरीले खोजी गरिरहेको बताएको छ। रासस/एएफपी