थाहा,१५ पुस
नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगरपालिकाको प्रथम नगर अधिबेशन राष्ट्रिय बज्रबाराहिमा सम्पन्न भएको छ ।
संगठनको थाहानगर अध्यक्ष रमेशमान डंगोलको अध्यक्षतामा तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय माहनसचिब लक्ष्मण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठन केन्द्रीय लेखा परिक्षण समिति सदस्य मोहन शर्मा, जिल्ला अध्यक्ष श्रीराम दहाल, नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल, संगठनका जिल्ला उपाध्यक्ष किशोर बर्तौला, सचिब पुरूषोतम आचार्य, सह सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेबि लामा, शिक्षक नेताहरू सचिन लामा, लक्ष्मि रिमाल,बिरमान स्याङ्तान, नमराज अर्याल,किशोर पराजुलि,कृष्ण पौडेल लगायतको उपस्थिति रहेको थियो ।
अधिबेशनले संगठनको थाहानगर समिति समेत गठन गरेको संगठन जिल्ला अध्यक्ष श्रीराम दहालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।