१५ पुष,काठमाडौंमा तेस्रो दक्षिण एसियाली रोलबल च्याम्पियनसिप सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको सो प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला र पुरुष दुवै टोलीले भारतसँग पराजय ब्यहोरेको छ ।
खेलमा नेपाली पुरुष टोलीले भारतसँग ६–० को स्कोरमा पराजय ब्यहोरेको हो । त्यस्तै महिलातर्फ पनि नेपाल भारतसँगै १२–० को स्कोरमा पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा शुरु भएको प्रतियोगितामा दक्षिण एशियाका चार मुलुकका महिला र पुरुष टोलीहरुको सहभागिता रहेको छ ।
नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका महिला तथा पुरुषको टोलीले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिताको शुक्रबार बिहान नेकपा एमालेका नेता माधवकुमार नेपालले उद्घाटन गरेका थिए । शनिबार प्रतियोगिताको फाइनल खेल हुदैछ ।रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।