पुस १४,लामो समय विवादमा रहेको राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश आज प्रमाणीकरण भएको छ ।शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेबी भण्डारीबीचको भेटवार्तापछि राष्ट्रपतिले आजै अध्यादेश प्रमाणीकरण गरेकी हुन् ।
भण्डारीले मन्त्रिपरिषद्को कार्तिक ६ गते को बैठकबाट सिफारिस भएको राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेपछि आफ्नो तर्फबाट गर्नुपर्ने जिम्मेवारी पूरा गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सहमति र सहकार्य गर्दै अघि बढ्न सुझाव दिएको राष्ट्रपतिका प्रेस संयोजक माधव शर्माले जानकारी रातोपाटीलाई दिए ।राष्ट्रपतिले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी थिइन् ।
प्रधानमन्त्रीसँगको भेटबारे जानकारी दिँदै काँग्रेस नेता प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवि भण्डारीले आज नै सो अध्यादेश प्रमाणिकरण गरेर पठाउने जानकारी दिएको रातोपाटीलाई बताएका थिए ।आज राष्ट्रपति–प्रधानमन्त्रीबीचको छलफलमा राष्ट्रिय सभा गठन र अध्यादेशकै विषयमा कुराकानी भएको थियो ।
काँग्रेस बैठक चल्दै गर्दा राष्ट्रपतिले प्रधानमन्त्रीलाई छलफलका लागि शीतलनिवास बोलाएकी थिइन् ।कुराकानीका क्रममा प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई राष्ट्रिय सभासम्बन्धि अध्यादेश जारी गर्न आव्हान गरेका थिए ।
सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय प्रणालीको सट्टा बहुमतीय प्रणाली राख्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गर्दै आएको थियो । जसले लमो समय विवाद देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।