हेटौँडा,१४ पुस,
राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाले आफ्नो अध्यक्ष पदबाट राजिनामा दिएका छन् । आज फेसबुक मार्फत आफ्नो आधिकारिक धारणा ब्यक्त गर्दै उनले राजिनामा दिएका हुन् ।

गत मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा पराजित भएपछि उनले राजिनामा दिएका हुन् । कमल थापालाई मकवानपुरबाट विजय गराउनन नसकेको सम्पूर्ण जिम्मेवारी आफैले लिँदै उनले राजिनामा दिएका हुन् ।

उनले भने : राप्रपा अध्यक्ष कमल थापालाई निर्वाचन जिताउन नसकेको नैतिक सम्पुर्ण जिम्मेवारी म लिन तयार छु । कमल थापा जस्तो रास्टिय ब्यक्तित्वले चुनाव हार्नु भनेको मकवानपुर जिल्लाको लागि अत्यन्तै दुर्भाग्यपूर्ण छ ।तर नैतिक रुपमा पार्टी अध्यक्ष बाट मैले राजिनामा दिए पनि पार्टी कार्यकर्ताको संरक्षणको निमित्त म सदैव तयार छु ।

निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण मतदाता प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । मेरो पुर्व सहमती अनुसार दिएको राजीनामा आएको प्रति कोहि कसै कार्यकर्तालाई बिचलित नहुन आग्रह गर्दछु ।
उनले राप्रपालाई मकवानपुरको सबैभन्दा लोकप्रिय र ठुलो दल बनाउने भन्दै मकवानपुरको नेतृत्व लिएका थिए ।