पुस १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाएको छ ।

राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्री गिरीलाई पार्टीको निर्णयअनुसार मन्त्री पदबाट फिर्ता बोलाइएको सो पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधान एवं ऊर्जामन्त्री कमल थापासँग मन्त्री गिरीको चर्काचर्की परेको थियो । विवाद बढ्दै जाँदा दुवैले बैठकमै एक–अर्काको राजीनामासमेत माग गरेका थिए ।