
हेटौंडा,१४ पुस÷उद्यमी बन्न ऋणको खोजीमा बैंक र बित्तिय संस्था धाएर थाकेरका धेरै युवाहरुले रोजगारीको खोजिमा देश छाडेका छन् । तर एउटा सरकारी निकायले भने युवाहरुको समुह खोजेर उद्यमी बनाउ लगानी गरिरहेको छ ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद सम्बद्ध जिल्ला युवा समिति मकवानपुरले देशभित्रै उद्यमी बनेर काम गर्नसक्ने युवाहरुको खोजि गरेर चार वटा युवा समुहलाई पाँच लाख रुपैयाँका दरले सहयोग गरेको हो । आर्थिक वर्ष २०७३÷७४ मा स्वीकृत कार्यक्रम अन्तर्गत शुक्रबार भिमफेदी गाउँपालिका ६ स्थित समाज जागरण तरकारी खेती युवा उद्यम समुहलाई समितिले पाँच लाख रुपैयाँ निर्वाब्याजी ऋण सहयोग गरेको हो ।
भिमफेदीमा शुक्रबार आयोजित एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै समितिका अध्यक्ष सन्तोष चौँलागाईले सामुहिक रुपमा खेती गर्दै सफल कृषि उद्यमी बनेर उदाहरण दिन आग्रह गरे । ‘हामी प्रत्येक वडामा दश जना युवालाई उद्यमी बनाउने अभियानमा छौं’, उनले भने, ‘तपाईसँग देशमै बसेर काम गर्ने योजना र जाँगर छ भने सरकार सहयोग गर्न तयार छ ।’
सहयोग रकम हस्तान्तरण कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्रि लम्साल, भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना,मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्तान लगायतको आतिथ्यता रहेको थियो ।
चार युवा समुहले पाए सहयोग समाज जागरण समुहसँगै आग्रास्थित फुपु मेन्दो युवा क्लव,हेटौंडा १९ स्थित भित्री बासुदेव कुखुरापाल समुह र हेटौंडा ५ समाज जागरण मञ्चलाई निब्र्याजी ऋण सहयोग प्राप्त गरेको छ । २०७३÷७४ मा प्राप्त १२ प्रस्तावमध्ये उत्कृष्ट ४ प्रस्तव छनौट गरी समितिले प्रत्येक युवा समुहलाई पाँच लाख रुपैयाँका दरले सहयोग हस्तान्तरण गरेको हो ।
चालु आर्थिक वर्षको लागि पनि प्रस्ताव आब्हान गरिएको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।