पुस १४ झापा,पाडाजुँगी–गौरादह सडकखन्डमा शुक्रबार दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका–१ निवासी २८ वर्षीय भानु थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मे८प ४०८७ नम्बरको मोटरसाइकलमा सवार थापालाई गौरादहबाट उत्तरतर्फ आइरहेको मे१त ४५०१ नम्बरको ट्याक्टरले ठक्कर दिएको प्रहरी नायब निरीक्षक यम खड्काले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते थापालाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस