file photo

पुस १४,नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले माघ पहिलो साता पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन हुने दावी गरेका छन् ।

नेता पण्डितले आफूले गृहमन्त्रीको जिम्मेवारी पाए ६ महिना भित्र ५० प्रतिशत अपराध नियन्त्रण गर्ने दावी समेत गरे ।

शुक्रबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ उनले गृहमन्त्रीको रुपमा राजनीतिको आवरणमा हुने अपराध नियन्त्रण गर्न आफू सफल हुने पनि बताए ।

एमाले नेता पण्डितले नयाँ सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकतासँगसँगै अघि बढने पनि स्पष्ट पारे ।