हेटौँडा,१४ पुस,

राष्ट्रिय वाणिज्य संघ मकवानपुरले आउँदो पौष १५ गतेबाट हुने मकवानपुर उद्योग वाणिज्य संघको अधिवेशनमा महेन्द्र राउतको प्यानललाई मतदान गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष विष्णुहरी पण्डितले आज एक विज्ञप्ति जारी गर्दै संघको निर्वाचनमा महेन्द्र राउतको प्यानललाई मतदान गर्न आग्रह गरेका हुन् । ब्यवसायीको हकहीतको लागि महेन्द्र राउतले अघि सारेको विचार संभव रहेको र उनको नेतृत्वमानै ब्यवसायीको संरक्षण हुने भन्दै पण्डितले संघको निर्वाचनमा राउत प्यानललाई सहयोग गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ ः विभिन्न भ्रमहरुमा नपरी ब्यवसायीको हक अधिकारको लागि लागि पर्ने राउतलाई सहयोग गर्नको लागि राउत प्यानललाई सहयोग गर्न अपिल गर्दछु ।