khabarbreak

हेटौँडा १४ पुस,

देशभरिका सम्पूर्ण प्रगतिशिल देशभक्त, तथा जनवादी बिद्यार्थीहरू एक जुट हौं भन्ने मुल नाराका साथ मकवानपुर बहुमुखी क्याम्पस अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन अनेरास्ववियुको क्याम्पस कमिटिको आयोजमा खुल्ला कविता वाचन प्रतियोगिता गरिएको छ ।

क्याम्पसको ११ कक्षा देखि लिएर ब्याज्लर चौथो बर्षसम्मको बिद्यार्थीहरूसमेत भाग लिएका थिए । खुल्ला कविता वाचन प्रतियोगितामा २० जना सहभागी थिए, भने अन्ने सहभागीमा क्याम्पसका विद्यार्थीहरु रहेका थिए । आफ्नो संस्कृतिलाई जगेर्ना गर्दै नेपालि कवितालाई प्राथमिकता दिएका छन् । कवितालाई उच्च स्थानमा राख्दै बिगतका दिनहरूमा नि गर्दै आएकोले यस्लाई निरन्तरता दिने छन् ।
आफ्नो देश प्रतिको माया, प्रेम, स्नेह र आमा प्रतिको माया देखाईएको पाईन्छ । भने नयाँ नेपाल निर्माणका निमित तथा पिडितहरुहरुलाई सहानुभूति दिदै उत्साहका साथ कविता मर्फत प्रास्तुत गरिएको छ, भने सन्देश मुलक पनि रहेको पाईन्छ । संस्कृतिलाई बढावा दिदै खुल्ला कविता बाचन प्रतियोगिता गरिएको हो । कवितामा भाग लिनेमध्य ५ जना उत्कृष्ट भएका छन् । उत्कृष्टहरूलाई पुरस्कार स्वरूप प्रमाण पत्र तथा डाईरि पेन वितरण गरिएको हो । पासाङ् लामा, शिवजि चौहान ूसहिद एक ब्याङ्य ू, सुष्मा पुडाशैनि ूम आफै सम्झन्छु आमाू , कुबेर पराजुलि ूम बिधुवा भएकोलेू तथा बिश्वास पराजुलि ूनया देश नेपालीू जस्ता उत्कृष्ट कविता प्रश्तुत गरेका थिए ।

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष कुमार ब। केसिको प्रमुख अतिथि भएको कार्यक्रममा बोल्दै अबका आगामि दिनहरूमा अनेरास्ववियुले कविता वाचन कार्यक्रम तथा संस्कृति झल्काउने र जगेर्नामा निरन्तरता दिने छ । केसि बोल्दै अनेरास्ववियुले कुनै पनि बेला बखतमा यस्ता संस्कृति कार्यक्रम बिपरित नजानेर र संस्कृतिको उल्ङ्घन नगर्ने प्रतिबद्ध गर्नु भएको छ । कार्यक्रम संयोजक यम्बि बस्नेतको सभाध्यक्षमा भएको कार्यक्रममा स्ववियु सचिब आकास अधिकारी, अरूण बरर्तौला, गिरिजा अधिकारि, अमृत बर्तौला लगाएत स्ववियु सदस्य तथा कार्यक्रम सहयोग बिशु सुनार श्रमनको अतिथ्यतामा पौष १४ गते शुक्रबार मकवानपुर बहुमुखी क्याम्पसमा खुल्ला कविता वाचन प्रतियोगिता कार्यक्रम भएको हो।