khabarbreak

सुमन दाहाल हेटौंडा १४ पुष,

आगामि पुष २१ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’ यूनिट यतिबेला प्रचार प्रसारका लागि देश दौडाहामा छ ।

आज हेटौंडामा आयर फिल्मका कलाकार तथा निर्माता सुलेमान शंकर ’ईकु’ले ‘फिर्के’ विशुद्ध हाँस्यप्रधान फिल्म रहेको बताएका छन । ‘म यसअघि दुईपटक ’ईकु’को भूमिकामा दर्शकमाझ आएँ । मेरो परिचय नै ’ईकु’ भइसकेको छ । तर, अब ‘फिर्के’बाट मलाई आफ्नो परिचय फेरिने विश्वास छ ’ उनले भने ।

‘‘फिर्के’ हेर्नेले मनोरञ्जन मात्र होइन हाँसोले हल नै गुञ्जयमान हुन्छ । म यो दावी गर्न सक्छु कि ‘फिर्के’ हेर्दैमा तपाईको पैसा खेर जाँदैन ।’

उक्त फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ’बेमान’को नामले परिचित रवि डंगोलले निर्देशन गरेका हुन् ।