१४ पुष,राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय कार्यालयमा तोडफोड भएको छ । प्रदेशसभाको समानुपातिक सदस्यमा नपरेपछि असन्तुष्टहरुले तोडफोड गरेको बताइएको छ । तोडफोड गर्नेमा मधेसी कर्मचारी मञ्चका सदस्यहरु रहेका छन् ।
राजपाको प्रदेश २ बाट समानुपातिक सुचिमा रहेका मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंहको नाम नपरेपछि असन्तुष्ट भएको बताइएको छ । उनी सरकारी जागिर छाडेर समानुपातिक सुचिमा बसेका थिए ।
असन्तुष्ट समुहले राजपा केन्द्रिय कार्यालय बबरमहल स्थित पार्टीको बोर्डका साथै कुर्सीहरु तोडफोड गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।