पुस १४, २०७४राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं कंग्रेस सभापति देउवालाई विहान शितल निवासमा बोलाएर राजनीतिक निकासका लागि अध्यादेश प्रमाणीकरण गर्न लागेको जानकारी गराउनुभएको थियो । राष्ट्रिय सभा गठनमा एकल संक्रमणीय व्यवस्था गरिएको अध्यादेश प्रधानमन्त्री शेरवहादुर देउवाले २ महिना भन्दा लामो समयदेखि राष्ट्रपतिकोमा अड्कीएको थियो ।
असोज अन्तिम साता संसद विघटन भएपछि सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिको पठाएको थियो । तर अध्यादेश जस्ताको तस्तै पारित गर्नुपर्ने कांग्रेसको अडान तथा बहुमतीय प्रणाली अपनाउनुपर्ने एमालेको दबाबका कारण अध्यादेश प्रमाणीकरण नगर्दा राष्ट्रपति नै विवादमा तानिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।