पुस १४,चलचित्रको समीक्षा आए पनि सुपरस्टार सलमान खान स्टारर चलचित्र ‘टाइगर जिन्दा हे’ ले बक्स अफिसमा धमाका मच्चाइराखेको छ ।सार्वजनिक भएको ६ दिनमै चलचित्रले भारतीय सिनेमा घर तथा विदेशमा समेत गरेर २ सय ५० करोड भारतीय रुपैयाँको कारोबार गरेको छ । मिडिया रिपोर्टका अनुसार बिहीबारको समेत कारोबारलाई जोड्ने हो यसले झण्ढै ३०० करोडको व्यापार गरेको छ ।
एक दुई दिनको व्यापारलाई समेत जोड्दा चलचित्र ३०० करोड कल्बमा प्रवेश गर्नेछ । भारतीय बक्स अफिसमा ‘टाइगर जिन्दा हे’ रिलिज भएको दिन ३४.१० करोड, शनिबार ३५.३० करोड, आइतबार ४५.५३ करोड, सोमबार २१.६० करोड, बुधबार १७.५५ करोड कमाएको थियो । बुधबारसम्मकै मात्र हिसाब गर्ने हो भने यस फिल्मले १९० करोड भारतीय रुप्रैयाँको कारोबार गरेको छ । बिहीबारको कारोबारको आधिकारिक सूचना भने सार्वजनिक भएको छैन ।
भारतमा मात्रै होइन सलमान र कैटरीना कैफ अभिनित यस चलचित्रले विदेशमा पनि राम्रो व्यापार गरेको छ । सोमबारसम्म चलचित्रले विदेशमा ५४ करोडभन्दा बढी व्यापार गरेको छ ।सन् २०१७ मा इदको अवसर पारेर रिलिज भएको ‘ट्यूबलाइट’ले बक्स अफिसमा खासै उज्यालो ल्याएन ।
साथै चलचित्रले दर्शकलाई पनि निराश बनाएको बताइन्छ । तर यस वर्ष सलमान खानले बक्स अफिस र दर्शक दुवैलाई नयाँ वर्षमा खुशी बनाउने अपेक्षा गरिएको छ । चलचित्रको समीक्षा पनि सकारात्मक नै आइरहेकाले चलचित्रको प्रदर्शन राम्रै हुने आंकलन गर्न सकिन्छ । दर्शकहरु चलचित्रको एक्सन, रोमान्स, कथा तथा क्लाइमेक्स एकदमै मन पराएको बताउँछन् ।
यो चलचित्र पाँच वर्षअघि रिलिज भएको चलचित्र ‘एक था टाइगर’ को सिक्वेल हो । जसले बक्स अफिसमा ३०० करोडभन्दा बढी व्यापार गर्दै आमिर आनको चलचित्र ‘गजनी’ को रेकर्ड तोडेको थियो । ‘एक था टाइगर।’ ७५ करोडको बजेटमा निर्माण भएको थियो । चलचित्रले झण्डै ३२० करोड कमाएको थियो ।सलमान खानको पारिश्रमिकलाई छोडेर ‘टाइगर जिन्दा हे’ को बजेट १५० करोड भएको बताइन्छ । अली अब्बास जफरको निर्देशन रहेको यस चलचित्रमा कटरिना कैप सलमानको को–स्टारको रुपमा अभिनय गरेकी छिन् । चलचित्रमा उनले एक पाकिस्तानी आइएस एजेन्टको भूमिका निर्वाह गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।