
१४ पुष,इटालीका चर्चित फुटबलर फ्रान्सिस्को टोट्टीले विश्वको उत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनेल मेसी रहेको बताएका छन् ।टोट्टीले उत्कृष्ट खेलाडी मेसी रहेको तर यो कुरा रोनाल्डोलाई नभन्न अनुरोध गरेका छन् । रोनाल्डोले ५ पटक बेलुन डो अर जितेर मेसीको बराबरी गरेपनि मेसी नै उत्कृष्ट खेलाडी रहेको टोट्टीले बताएका छन् ।
करिब तीन दशक इटालियन क्लब रोमामा बिताएका टोट्टीले सन् २००७ मा इटालीको राष्ट्रिय टिमबाट सन्यास लिएपनि रोमाबाट व्यवसायिक फुटबल भने गत जुलाईमा सन्यास लिएका थिए दुबईमा अन्तर्राष्ट्रिय फुटबल कन्फेरेन्सलाई सम्बोधन गर्दै टोट्टीले आहिले र आफ्नो समयको फुटबलमा धेरै परिवर्तन भैसकेको बताए ।
- तस्वीर गुगल
मेसी, रोनाल्डो, नेइमार जस्ता खेलाडीले विश्व फुटबललाई नै नयाँ उचाइमा लगेको बताउदै नेइमारको पिएसजीसँगको सम्झौता विस्वास नै गर्न नसकिने किसिमको भएको बताए ।टोट्टीलाई हालै दुबईमा दिइएको ‘ग्लोब सकर अवार्ड’ मा प्लेयर क्यारियर अवार्डबाट सम्मानित गरिएको थियो ।टोट्टीले रोमाका लागि रेकर्ड ६१९ खेल खेल्दै २५० गोल गरेका छन् भने राष्ट्रिय टिम इटालीकालागि ५८ खेल खेल्दै ९ गोल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।