पुस १३,निर्माणाधिन रानीपोखरीमा कंक्रिटको प्रयोग नगर्न सरकारले निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रानीपोखरीको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्त्वलाई आत्मसात् गर्दै पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुसार मात्र निर्माण कार्य अघि बढाउन निर्देशन दिएको हो ।

०७२ को भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरी पुनर्निर्माण गर्दा काठमाडौँ महानगरले आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध जनाएका थिए ।

यस्तै, बिहीबारै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पनि निर्माण सामग्रीमा आधुनिक निर्माण सामग्री प्रयोग नगर्न काठमाडौंख महानगरपालिकालाई पत्राचार गरेका थिए । रानीपोखरी पुनर्निर्माणलाई लिएर महानगरका मेयर र उपमेयरबीच पनि तीव्र मतभेद भएको थियो ।