१३ पुष,उत्तर अमेरिका वायरलेस चार्जरबाटै मोबाइलमा चार्ज गर्न सकिने भएको छ । नयाँ प्रविधिअनुसार तीन फिट टाढा राखेरै मोबाइलमा चार्ज गर्न सकिने भएको हो ।द हिलका अनुसार द एनर्जस कर्पोरेसन्सको वाट अप डिभाइसले प्रयोगकर्तालाई आफ्नो इलेक्ट्रोनिक्स डिभाइस टाढै राखेर चार्ज गर्न सहयोग गर्नेछ । यस एपले रेडियो फ्रिक्वेन्सीले जस्तै चार्ज हुन सघाउने गरी विकास गरिएको छ ।
कम्पनीका अनुसार यस डिभााइसलाई पटक पटक परीक्षण गरेर सुरक्षा र आवश्यक नियन्त्रणको कसीमा जाँच गर्दा अनुकूल पाइएको थियो । यद्यपि वायरलेस चार्जिंग डिभाइसहरु उपलब्ध छन् तर पनि फोनसँग प्रत्यक्ष जोडिने भने निकै कम छन् ।अमेरिकी कम्पनी एनर्जसले छिट्टै आफ्नो डिभाइसले चर्चा बटुल्ने दाबी गरेको छ ।
न्युयोर्कपोष्टबाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।