![](https://www.khabarbreak.com/wp-content/uploads/2017/12/IMG_8400-1024x768.jpg)
![](https://www.khabarbreak.com/wp-content/uploads/2017/12/IMG_8400-1024x768.jpg)
थाहा नगर,१३ पुस,
मकवानपुर उद्योग वाणिज्य संघको आशन्न निर्वाचनमा अध्यक्षका उम्मेद्वार महेन्द्र राउतले आफुले जितेपनि हारेपनि आफु ब्यवसायीको हक अधिकारको लागि कहिल्यै पछि नपर्ने बताएका हुन् ।
आज थाहा नगरको शिखरकोटमा भएको कार्यक्रममा बोल्दै राउतले आफु सधैभरी ब्यवसायीको हक हितको लागि हिडेको मान्छे भएकोले जित हार भन्दा पनि ब्यवसायीको हितनै आफ्नो मुख्य विषय भएको उनको भनाई रहेको छ ।
कार्यक्रममा बोल्दै राउतले आफुलाई जतिवेला पनि सम्पर्क गर्न सक्ने भन्दै आफ्नो मोवाईल ब्यपारीको लागि हट लाईन सेवाको लागि प्रयोग गर्ने बताए । उनले अहिले पराजित मानसिकताको उपज स्वरुप विपक्षीहरु ब्यक्तिगत गाली गलौजमा उत्रेको प्रति लक्षित गर्दै चुनाव सम्मा उहाहरुको मानसिक सन्तुलन नगुमोस भनेर ब्याङ्ग्यतमक रुपमा स्वास्थ्य लाभको कामना समेत गरे ।
राउतले अहिले आफ्नो नाराको रुपमा अघि सारेको कृषि पर्यटन, उद्योग र ब्यवसया, आर्थिक समृद्धि हामी सबैको आसय भन्ने नारा थाहा नगरलाइ हेरेर परिकल्पना गरेर सृजना गरेको कुरा आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
थाहा नगर उद्योग वाणिज्य अध्यक्ष कबिराज खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, उपाध्यक्ष कृष्ण गुप्ता अग्रवाल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।