चीनको नानजिंगमा मृतकको सम्झनामा राखिएका जुत्ताका जोडी, दोस्रो विश्वयुद्धमा बन्धक बनाइएका चिनियाँहरु , जापानको विरोध गर्दै प्रदर्शन गर्दै चिनियाँ नागरिक, तस्बिर : बिभिन्न एजेन्सीहरु

जहिले पनि चीन र जापानको आपसी दुस्मनीको कुरा अगाडी आउछ सन् १९३७ को डिसेम्बरमा भएको चिनियाँ शहर नानजिंगमा भएको आमहत्याको कुरा अगाडी आउने गर्दछ ।जापानी सैनिकहरुले नानजिंग शहरलाई आफ्नो कब्जामा लिएर आमहत्या, बलात्कार र लुटपाट गरेका थिए । यो सिलसिला सन १९३८ को मार्च महिनासम्म चलेको थियो ।

यस घटनमा नानजिंग शहरमा साढे दुई लाख देखि ३ लाख मानिसहरुको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश महिला र बच्चा थिए । धेरै संख्यामा महिलाको बलात्कार भएको थियो । तर धेरै जसो जापानी इतिहासकारहरु यति ठुलो संख्यामा भएको हत्यालाई अस्विकार गर्ने गर्दछन । साथै उनीहरुले यो युद्धको समयमा भएको बताउदै आएका छन् ।

सन् १९३१ मा जापानले चीनको मंचुरियामा आक्रमण गर्यो । जापान नियन्त्रित एक रेलवे स्टेशनको नजिक भएको बम विष्फोट पछि यो आक्रमण गरेको थियो । यसक्रममा चिनियाँ सैनिक जापानी सैनिकको अगाडी टिक्न सकेनन् र चीनका कैयौ इलाका कब्जा गर्दै गए । यसै बेला चीन राष्ट्रवाद र कम्युनिष्टहरुको गृह युद्धमा फसेको थियो भने जापानले चीनमा आफ्नो पकड बलियो बनाउदै लग्यो ।

कैयौ जापानीहरुलाई अहिलेपनि चीनमा जापानको ज्यादती त्याँहाका किताबहरुमा बधाई चढाइ प्रस्तुत गरिएको छ । तर सन् १९३१ मा चीनको मंचुरियामा जापानले कब्जा लिएको कुरा ऐतिहासिक तथ्यमा उल्लेख छ । जसको परिणामस्वरूप सन् १९३७ मा एक ठुलो युद्धको सुरुवात भयो र लाखौ चिनियाँ नागरिकको मृत्यु पछि सन् १९४५ को दोस्रो विश्वयुद्धको अन्त्यसँगै यो सिलसिलाको अपनी अन्त्य भएको थियो ।

दोस्रो विश्वयुद्धमा एशिया लडाईको मैदान बनेको थियो । यस क्षेत्रको राष्ट्रिय पहिचान केन्द्रमा ल्याउन दोस्रो विश्वयुद्धको ठुलो हात रहेको छ । चीन आज आर्थिक र सैन्य क्षेत्रमा निकै अगाडी बढेको छ तर यसमा पनि दोस्रो विश्वयुद्धको ठुलो प्रभाव रहेको छ ।

चीनले जापानसँगको त्यो अपमानजनक इतिहासलाई आफ्नो पाठ्यपुस्तकको हिस्सा बनाएको छ र आउने पिढीलाई पढाई रहेको छ की चीनले जापानसँग कति ठुलो अपमान सहनु परेको थियो भनेर ।

चीनले आफ्ना नागरिकहरुलाई सन् १८३९ को अफिम युद्ध देखि दोस्रो विश्वयुद्धसम्म कस्ता कठोर अपमान सहनुपर्यो भन्ने कुरा अहिले पनि पढाईरहेको छ । जापान र पश्चिम उपनिवेशवादीहरुले कसरी चीनलाई पमानित गरेका थिए भन्ने कुरा चीन आफ्ना नागरिकहरुलाई यो सम्झाइरहन चाहन्छ ।

चीनले सन् २०१४ मा नानजिंगमा मारिएकाहरुको सम्झनामा डिसेम्बर १३ मा हरेक बर्ष छुट्टी दिने घोषणा गरेको थियो । चीनले नानजिंग शहरमा भएको नरसंहा को लागि माफी माग्न पनि माग गरिसकेको छ ।

चीनले जापानका प्रधानमन्त्री शिंजो आबे नानजिंग शहरमा आएर माफी माग्नु पर्दछ भन्ने माग राखेको थियो । युनेस्कोले नानजिंग नरसंहारसँग जोडिएका ऐतिहासिक दस्तावेजलाई विश्व रेकर्डको रुपमा राख्ने फैसला गरेपछि जापानले त्यसको कडा विरोध गरेको थियो र युनेस्कोलाई आफ्नो सहयोग दिन पनि बन्द गरेको थियो ।

एक अनुसन्धानका अनुसार अहिले पनि जापानी र चिनीया नागरिकबीच कटुता कायम रहेको छ । केबल ११ प्रतिशत जापानीहरु चीनको बारेमा आफ्नो सकारात्मक विचार व्यक्त गर्छन भने १४ प्रतिशत चिनियाँ जापानको बारेमा सकारात्मक विचार व्यक्त गरेको पाइएको छ ।

भनिन्छ सन् १९४९ देखि १९७६ को बीचमा माओको कार्यकालमा नानजिंग नरसंहारको उपेक्षा भयो । यसै कारणले पनि चीनमा कम्युनिष्ट र राष्ट्रवादीहरुबीच कडा गृहयुद्ध भएको थियो ।

राष्ट्रवादीहरुले नानजिंगलाई राष्ट्रिय राजधानी घोषणा गरेका थिए । चीनमा राष्ट्रवादीहरुको पराजय पछि सन् १९४९ मा एकीकरण अभियान सुरु भएको थियो । कम्युनिष्टहरुले जापानी युद्ध र राष्ट्रवादीहरुसँगको गृहयुद्ध दुवै जितेको दाबि गर्दछन । माओको निधन पछि चीनमा परिस्थिति छिटो छिटो बदलिएको बताइन्छ ।

जापानले सन् १९८२ मा एक पाठ्यपुस्तक प्रकाशित गर्यो जसमा दोस्रो विश्वयुद्धलका कैयौ घटनालाई बाहिर नल्याएको चीनको आरोप रहेको छ । यता चीनले पनि जापानले विश्वयुद्धमा जापानको भूमिका बिर्सिरहेको छ भने त्यसलाई कहिल्लै भुल्न नदिने बतायो र जापानी पाठ्यपुस्तक प्रकशित बह्येको केहि दिनमा नानजिंग नरसंहारसँग समबन्धित एक संग्राहलय खोलेको थियो । सन् १९८२ भन्दा अगाडी चीनमा नानजिंग नरसंहारलाई लिएर कुनै दस्तावेज प्रकाशित भएको थिएन ।

अहिले जापान र चीन विश्वका दुई ठुला अर्थव्यवस्था हुन् । दुवै देशको समस्या राजनीतिक रुपमा मात्र होइन जनताको स्तरमा समेत जारी रहेको छ । अहिले पनि दुवै देशबीच ससाना द्विपलाई लिएर विवाद जारी रहेको छ । एक द्विप सेनकाकु जो जापानमा रहेको छ र अर्को द्विप दिओयु जो चीनमा रहेको छ । दुवै देशले यँहा आआफ्ना जलसेनाको गस्ती बढाएका छन् ।

अहिले पनि दुवै देशभिच कुनै विषयमा विवाद भए इतिहासका कुराहरु अगाडी ल्याइने गरेको पाइन्छ । त्यस्तै दुई देशबीच समबन्ध राम्रो बनाउने प्रयास हुदा पनि त्यहि विगतलाई गाडी ल्याइने गरेको पाइएको छ ।

पछिल्लो १५ सय बर्षसम्म पनि जापान र चीनको सम्बन्ध राम्रो हु नसकिरहेको छैन । सन् १९७२ मा जापानी प्रधानमन्त्री काकुई तान चीन भ्रमणमा गएका थिए । यसक्रममा उनले चीनसँगको सम्बन्ध सुधार्ने प्रयास गरेका थिए । त्यतिबेला माओले उनलाई चीनमा स्वागत गरेका थिए । त्यति बेला माओसँग जापानी प्रधानमन्त्री काकुईलाई माफी मगाउने बारे सोधिएको प्रश्नमा उनले त्यसको जरुरि नभएको बताएका थिए । माओको जापानको आक्रमण बिना चीनमा कमयुनिष्ट क्रान्ति सफल हुने थिएन भन्ने तर्क थियो ।

सोहि जापानी युद्धको जंगमा सत्तामा आएको कम्युनिष्ट पार्टीको अहिले पनि चीनमा सरकार रहेको छ । हालका राष्ट्रपति सि जिनपिंगलाई माओ कै समान दर्जा दिइएको छ । यद्यपी माओले जापानको अपमान विर्सेको भएपनि जिनपिंगले त्यो भुलेको देखिदैन । अहिले पनि दुई देशबीच कैयौ मुद्धाहरुमा अन्तर्राष्ट्रिय स्तरमा विवाद कायमै छन् । उत्तर कोरियासँग चीनको राम्रो सम्बन्ध जापानको टाउको दुखाइ बनेको छ भने जापान र भारतको राम्रो सम्बन्ध चीनको टाउको दुखाइ रहेको छ ।

(बिबिसी हिन्दीबाट अनुवादित)