पुस १३,राष्ट्रपति विद्यादेवी भण्डारीले डेनमार्कका लागि नेपालका आवासीय राजदूत युवनाथ लम्साललाई फिनल्याण्ड, लिथुआनिया र स्विडेनका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उनलाई उक्त पदमा आज राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।रासस
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।