पुस १३,उत्तरी म्यानमारमा रोहिंग्या संकटबारे रिपोर्टिङ गर्ने क्रममा पक्राउ परेका रोयटर्सका दुई पत्रकारलाई म्यानमार सरकारले थपु दुई साताका लागि हिरासतमा राखेको छ ।
पत्रकारहरु वा लोन र क्या सुई ओललाई प्रहरीले गत १२ डिसेम्बरमा पक्राउ गरको थियो ।

उनीहरुलाई प्रहरी अधिकृतहरुले सुचना दिन भनेर डिनर बैठक बोलाई पक्राउ गरेको जनाईएको छ । सरकारले  उनीहरुलाई गैरकानुनी तरिकाले सुचना लिएको आरोप लगाएको छ ।

रोयटर्सले भने उनीहरुले आफ्नो जिम्मेवारी निर्वाह मात्र गरेको उल्लेख गरेको छ । उनीहरुलाई याङगुनस्थित ईन्सिन जेलमा राखिएको छ । बीबीसी