पुस १३,अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

शिया सांस्कृतिक केन्द्रमा भएको यस हमलाको अहिलेसम्म कसैले जिम्मेवारी लिएका छैनन् । तालिवानले एक वयान जारी गर्दै यसमा आफ्नो हाथ नरहेको प्रष्ट पारेको छ ।

पछिल्लो समय कथित इस्लामिक स्टेटले अफगानिस्तानमा शिया समुदायसँग सम्बन्धित स्थानमा हमला गर्दै आइरहेको छ । आफगानिस्तानका गृहमन्त्रालयका प्रवक्ता नसरत रहीमीले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै तबायन सांस्कृतिक केन्द्रमाथि भएको हमला भएको जानकारी दिए ।

शिया संगठनको मिडिया शाखा अफगान प्रेसका प्रमुखले बिबिसीसँग कुरा गर्दै दर्जनौँ शव भवनबाट निकालिसकिएको छ भने दर्जनौँलाई अस्पतालमा भर्ती गराइएको छ ।गत अक्टुबरमा शिया समुदायको मस्जिदमा भएको हमलामा ३९ जनाको मृत्यु भएको थियो ।एजेन्सी