बेलायतका प्रिन्स विलियम्स र उनकी श्रीमती केट मिडलटन आजकाल पोल्याण्डको यात्रामा छन् । यो क्रममा रोयल कपल हिटलरले बनाएका यातना शिविर पनि पुगे । रोयल कपलले उक्त क्याम्पलाई युद्धको सबैभन्दा पीडादायी याद बताए । स्मरण रहोस्, सन् १९३३ मा जर्मनीका सत्तामा आसिन एडोल्फ हिटलरले त्यहाँ एक जातीवादी साम्राज्य बनाए । यहूदीका लागि हिटलरको यो घृणा होलोकास्टको रुपमा सार्वजनिक भयो । यहूदीलाई समाप्त गर्ने सिलसिला पोल्याण्डमा खोलिएको अशविच कन्सन्ट्रेशन क्याम्पबाट सुरु भएको थियो ।
यहूदी, राजनीतिक विरोधी, रोगी र समलिङ्गीहरुबाट जबर्जस्ती काम लिइन्थ्यो ।
क्याम्पलाई यसरी बनाइएको थियो कि त्यहाँबाट भाग्न असम्भव थियो ।
वृद्ध वृद्धा र रोगीलाई ग्याँस च्याम्बरमार्फत मृत्यु दिइन्थ्यो । क्याम्पमा चार चिहान थिए जहाँ हरेक दिन ४ हजार ७ सय शव जलाउन सकिन्थ्यो ।
अशविच क्याम्प नजिकै औद्योगिक क्षेत्र थियो । व्यापारी बन्दीहरुलाई त्यहाँ काम गराउने ल्याउने गर्दथे ।
के थियो होलोकास्ट ?
होलोकास्ट इतिहासको त्यो नरसंहार थियो जसमा ६ वर्षमा ६० लाख यहूदीको हत्या गरिएको थियो ।
यसमा बच्चाको संख्या मात्र १५ लाख थियो । थुप्रै यहुदी आफ्नो ज्यान बचाएर देश छोडेर भाग्न सफल भए । कोहीको भने कन्सन्ट्रेशन क्याम्पमा क्रुरताका लागि निकै तड्पिएर मृत्यु भयो ।
स्वतन्त्र हुने बेलासम्म मारिएका थिए ११ लाख मानिसः
सन् १९४५ जनवरी २७ तारिखमा सोभियत रेड आर्मीद्वारा स्वतन्त्र गराउने बेलासम्म अशविच क्याम्पमा ११ लाखको मृत्यु भइसकेको थियो ।
क्याम्पमा बचेका करिब सात हजारलाई रिहा गरिएको थियो ।
सन् १९४७ मा नै क्याम्पलाई पोलिसको संसदले एक कानून पास गरेर संग्रहालयमा परिवर्तन गरेको थियो ।
[रातोपाटिबाट]
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।