सुरेन्द्र राज थीके,
भीमफेदी, १२ पुस,
मकवानपुरको उत्तरी भीमफेदी गाउँपालीका को वडा नंबर ६ जुरिखेतमा यात्रुवाहक सुमो दुर्घटना भएको छ । हेटौँडा बाट काठमाण्डौँ जाँदै गरेको मझौला तथा टेम्पु यातायात को ना १ च १९३९ नंबरको यात्रु वाहक जिप दुर्घटना भएको छ ।
हेटोडा बाट यात्रु बोकी काठमाण्डौ तर्फ जाँदै गर्दा सांघुरो बाटोमा बिपरति दिशा बाट आइरहेको अर्का जिप लाइ बाटो दिँदा यात्रु जिप सडक देखी अन्दाजी १०० मिटर तल खसेको उ बिदुर धिमालले बताए ।
दुर्घटनामा जिपका चालक सागर खडका सहित सात यात्रु बिन्दा दहाल,श्रृजान चौँलागाइ,रुपा चौँलागाइ, राज कुमार घलान,जिवन शाह, प्रकृति मानन्धर घाईते भएका छन् ।
घाइते मध्ये चालक सागर खडका तथा एक महिला ,रुपा चौलागाइ सिकिस्त रहेको स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.अमर दिप मण्डलले बताए ।
इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरक्षक बोध प्रसाद यादबको नेतृत्वमा प्रहरी , सशस्त्र प्रहरी,तथा स्थानीयको सहयोगमा घाइते लाइ उद्धार गरेको थियो ।घटना स्थलमा भमिफेदी गाउँपालकिा उपाध्यक्ष पार्वती राना तथा ६ नंबर ६का वडा अध्यक्ष सिताराम थापा समेत उद्धारमा खटिएका थिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।