१२ पुस । आफ्नै भतिजीलाई जर्बजस्तीकरणी गर्नेलाई जिल्ला अदालत सिन्धुपाल्चोकले १० वर्ष कैद सजायँको फैसला गरेको छ ।गएको असार ३ गते पाँच वर्षीया बालिकालाई चक्लेट दिन्छु भन्दै घरमा बोलाएर चौतारा साँगाचोकगढी नगरपालिका-११ का विदुर गिरीले जर्बजस्तीकरणी गरेका थिए ।
अदालतले पीडित बालिकालाई ५० हजार रुपैयाँ पीडकबाट क्षतिपूर्त्ति भराउन समेत आदेश दिएको छ ।अदालतबाट सजाय पाएका गिरी अपाङ्गता भएका व्यक्ति हुन् ।
बालिकाको गुप्ताङ्ग पाकेपछि धुलिखेल अस्पताल लगेपछि मात्रै उनी बलात्कृत भएको डाक्टरले पुष्टि गरेका थिए ।
पछि बालिकालाई काउन्सिलिङमा ल्याएर फकाएर सोध्दा गिरीले जबरजस्तीकरणी गरेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले सबै अनुसन्धान पूरा गरी कात्तिक १२ गते जिल्ला अदालत चौतारामा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला न्यायाधीश दिपक खनालको इजलासले गिरीलाई १० वर्ष सजाय र ५० हजार क्षतिपूर्त्ति तिराउन फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।जर्बजस्तीकरणीको मुद्दामा अदालतले यो सबैभन्दा छिटो फैसला गरेको मुद्दा भएको महिला तथा बालबालिका विकास कार्यालय कि नानीमैया बस्नेतले बताइन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।