हेटौँडा,१२ पुस,
यही पुष १५ देखि १७ गतेसम्म हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका प्रत्याशी कृष्ण कटुवालले मउवा संघको सदस्यता लिएकाहरुलाई वस्तुगत संघसंगको समन्वयमा विशेष छुटको व्यवस्था गरिने बताएका छन् । बुधबार विभिन्न वस्तुगत संघका व्यवसायीसंग भेट गर्दै उनले मउवा संघप्रतिको आकर्षण बढाउनका साथै व्यवसायीलाई अन्य सामग्री खरिद्को क्रममा विशेष छुटको लागि वस्तुगत संघसंग समन्वय भैसकेको बताए ।

‘म विभिन्न व्यवसायसंग आबद्ध रहेको व्यवसायी हुँ । मलाई प्राय ः धेरै क्षेत्रको समस्याको बिषयमा अवगत छ’, उनले भने, ‘म कमाउने लोभले अध्यक्ष हुन लागेको होइन, अध्यक्ष बनेर यहाँका उद्योगी व्यवसायीको लागि केही नयाँ कामहरु गर्न सकुँ भन्ने उद्देश्यले अघि बढेको हुँ ।’ उनले आफ्नो प्यानलमा सब्र जात, क्षेत्र र पार्टीको प्रतिनिधित्व रहेको भन्दै आफुलाई विजयी गराउन आग्रह गरे ।

। कटुवालको टिमले बुधबार हेटौंडाको ६,, ७, ८, ९ र १० नम्बर वडाका व्यवसायीहरुसंग भोट माग्दै घरदैलो गरेको छ ।