हेटौँडा,१२ पुस,
प्रदेश नंबर तिनको ब्यापारिक सहरको रुपमा रहेको मकवानपुरको हेटौँडामा ख्यातिप्राप्त कलाकारको साथमा म्युजिकल नाईट शो हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरन्जन फोरमको आयोजनमा हुने गर्न लागेको म्युजिकल नाइट २०७४ मा संगीत, फिल्म तथा हास्य विधासँग सम्बन्धित कलाकारहरुको प्रस्तुती हुने आयोजकले जनाएको छ ।
नेपाली चलचित्र तथा गीत संगित क्षेत्रको प्रवद्र्धन, गीत तथा संगीतका माध्यमबाट स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने, आपतकालिन राहात कोष निर्माण गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगत चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारीले पुस २१ गते आयोजना हुन लागेको म्युजिकल नाइटमा अन्जु पन्त, राजनराज सिवाकोटी युवराज चौंलागाइँ, जितु नेपाल र केदार घिमिरे ,आकाश अधिकारी, निरुता सिंह, श्वेता खडका, नीता ढुंगाना,यशराज गराच लगाएतको कलाकारको प्रस्तुती रहने जनाए ।
हेटौंडाको रिगल रिसोर्टमा पुस २१ गते साँझ ५ बजेबाट सुरु हुने सांगीतिक कार्यक्रममा सहभागिताका लागि टिकट मूल्य २५ सय तोकिएको छ ।
कार्यक्रम्मा नेपाल उधोग बाणिज्य महासंघका उपाध्यक्षउमेशलाल श्रेष्ठ,सामाजीक सेवा समिति सदस्य जय प्र सिबाकोटी,कार्यसमिति सदस्य प्रकाश सिं कार्कीराजकुमार न्यौपाने, ,अरुणराज सुमार्गी,बस्तुगत परिषद सहसभापति लोकनाथ गैरे,सुमित केडिया,चलचित्र तथा मनोरन्जन फोरम उद्योग वाणिज्य महासंघ सभापति आकाश अधिकारी,उपसभापती एबं स्थानिय संयोजक नरेन्द्र महर्जन,लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।