पुस १२ ,अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले सामाजिक सञ्जालको गलत प्रयोगविरुद्ध सचेत गराएका छन् ।गत जनवरीमा राष्ट्रपति पदबाट बिदा भएका ओबामा दुर्लभ अन्तर्वार्ताकाक्रममा बोल्दै थिए । उनीसँग बीबीसी रेडियो फोरका लागि अन्तर्वार्ता लिँदै थिए, बेलायती राजकुमार ह्यारी ।
ओबामाले सामाजिक सञ्चालको गलत प्रयोगले मानिसलाई गम्भीर मुद्दाबाट ध्यान अन्यत्रै मोड्ने र गलत सूचना फैलने बताए ।उनीपछिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल ट्वीटरमा निकै सक्रिय रहने गर्छन् । तर, ओबामाले उनको नाम भने उल्लेख गरेनन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पबारे मिश्रित अनुभव सुनाउँदै उनले धेरै काम त्यत्तिकै रहेको टिप्पणी गरे ।अन्तर्वार्ता लिएका ह्यारीले आफूले धेरै अन्तर्वार्ता नगरेको भन्दै ओबामासँगको कुराकानी निकै रमाइलो भएको प्रतिक्रिया दिए ।ओबामाले आफूसँग अन्तर्वार्ता लिन खोजेको पनि ह्यारीले जानकारी दिए ।
ह्यारीको सो कार्यक्रम सशस्त्र बल, मानसिक स्वास्थ्य, युवा अपराध र वातावारण परिवर्तनका विषयमा केन्द्रित थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।