पुस १२,अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रममा सहयोग गरेको आरोपमा दुई जना उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रममा सघाउने किम जोग सिक र रि प्योंग चोललाई अमेरिकाले प्रतिबन्ध लगाएको हो ।

परमाणु कार्यक्रमका लागि ठोस इन्धनबाट सञ्चालन हुने मिसाइल विकास गर्न यी दुई अधिकारीको हात रहेको ठहर अमेरिकाले गरेको छ ।गत साता संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकले तयार पारेको प्रतिबन्धको सूचीमा यी दुई अधिकारीको नाम पनि सूचीकृत गरिएको थियो ।

उत्तर कोरियाले मिसाइल परीक्षण गर्दा उत्तर कोरियाका राष्ट्रपति कीम जोन उनका साथ यी दुई अधिकारीको पनि फोटो सार्वजनिक हुने गरेको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले उत्तर कोरियामाथि दशौं प्रतिबन्ध लगाउने निर्णयअन्तर्गत पेट्रोलियम पदार्थ आयातमा ९० प्रतिशत कटौती गरेको छ ।एजेन्सी