प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सरकार हस्तान्तरण गर्न आतुर रहेको बताएका छन्,१४ औं चितवन हात्ती महोत्सवलाई सम्बोधन गर्दै देउवाले संवैधानिक प्रकृया पुरा गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका हुन्।
‘लामो संक्रमणकालको अन्त्य भएको छ। शान्तिपूर्ण लोकतान्त्रिक नेपाल निर्माण गर्ने कार्यमा नेपाल सरकार सफल भएको छ। संवैधानिक प्रकृयाबाट सबै कार्य पुरा गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न म आतुर भएको छु’, उनले भने।
देउवाले नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसको नेतृत्वलाई संक्रमणकाल समाप्त गर्ने अवसर प्राप्त भएको बताए। ‘नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसको नेतृत्वले संक्रमणकाललाई समाप्त गर्ने सफलता प्राप्त गरेको छ’, उनले भने,‘पार्टीलाई फाइदा बेफाइदा के हुन्छ भन्ने नहेरी शान्तिपूर्ण रुपमा निर्वाचन सफल गरेर संविधान कार्यान्वयन गर्न मेरो नेतृत्वको सरकार तल्लिन भयो।’
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।