११ पुस,नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले बाम गठबन्धनलाई फुटाउन खोज्नेहरु आफै समाप्त भएर जाने चेतावनी दिएका छन् ।

नेता पण्डितले बाम गठबन्धनलाई फुटाउन देशी, विदेशी शक्तिहरु लागेपनि सफल नहुने दावी गरे । उनले जनमत अनुसार बामपन्थी गठबन्धनको नेतृत्वमा सरकार बन्ने र त्यसले जनताको भावना बमोजिम काम गर्ने स्पष्ट पारे ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले अँध्यारो कुनामा बसेर बामपन्थी गठबन्धनलाई फुटाउन प्रयास भईरहेको आरोप लगाए ।नेता पण्डितले जनमत अनुसार नयाँ सरकार बनाउन कुनै पनि शक्तिले रोक्न नसक्ने स्पष्ट पारेका छन् ।