हेटौँडा,११ पुस,
एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल तथा नेता जुनेली श्रेष्ठ एमालेको तर्फबाट प्रदेशसभा सांसद हुने लगभग निश्चित भएको छ ।
नेकपा एमालेको भागमा परेको १६ जना सांसदहरुमा उनीहरुको स्थान निश्चित भएको एमाले श्रोतले जनाएको छ । प्रदेश नंबर ३ मा एमालेको तर्फबाट महिलालले अत्यान्त कम सिट जितेको कारण अधिकांश सांसदहरु महिला हुने देखिएपछि सिग्देल र श्रेष्ठ सांसद हुने पक्का भएको श्रोतको दाबी रहेको छ ।
सिग्देल नेपाल भरमा एमालेबाट एकमात्र महिला अध्यक्ष हुन भने श्रेष्ठ पनि एमाले मकवानपुरमा लामो समयसम्म काम गरेकी नेतृ हुन् । एमालेले औपचारिक रुपमा घोषणा नगरेको भएपनि जनजाती महिलाको एक नंबरमा रहेकी श्रेष्ठ र महिलाको दोश्रो नंबरमा रहेकी सिग्देल उक्त लिष्टमा रहने पक्का भएको हो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।