एजेन्सी

११ पुष,मस्को रुसको राजधानी मस्कोमा सब–वेको प्रवेशद्वारामा बस ठोक्किँदा कम्तिमा चारजनाको मृत्यु भएको छ । बस बाटोबाट बाहिर गएर सब–वेको प्रवेशद्वारमा ठोक्किँदा अन्य ११ जना घाइते भएका छन् ।

बस सब–वेको सिँढीमा गएर ठोक्किएको हो । बस सब–वेको प्रवेशद्वारमा टनेलको छानोमा ठोक्किएर अड्किएको छ ।

सुरुमा आतंककारी घटना भएको हुनसक्ने आशंका गरिएको भएपनि अहिलेसम्म आतंककारी घटना भएको कुनै प्रमाण फेला नपरेको रुसी अधिकारीले बताएका छन् । बस एक्कासी चल्न थालेको र आफूले ब्रेक लगाउन खोजे पनि सफल भएको बसका चालकले बताएका छन् । एजेन्सी