११ पुष,नेपाल जेसीजको ४४ औं महाधिवेसनमा भएको निर्वाचनमा रामग्राम जेसीज नवलपरासीका श्रीधर बस्याल बिजयी भएका छन् l उनले ६ सय ३९ मत ल्याई सन् २०१८ को लागि नेपाल जेसिज का राष्ट्रिय अध्यक्ष पदमा निर्वाचित भएका छन् l

उनले उनका निकटतम प्रतिद्वन्दी महेश पौडेलले ६ सय ३१ मत प्राप्त गरेका छन् l केवल ८ मतको फरकमा बस्याल राष्ट्रिय अध्यक्ष पदमा बिजयी हुन् सफल भएका छन् l

गत पुस ८,९ र १० गते तीन दिन सम्म चलेको उक्त महाधिवेसन भैरहवा स्थित महेन्द्रसभा गृहमा सम्पन्न भएको छ l उक्त महाधिवेसनको लागि अधिराज्यभरका बिभिन्न जेसीज शाखाबाट २ हजार भन्दा ज्यादा भैरहवा प्रतिनिधिहरु आएका थिए l

अध्यक्ष पदकालागि रामग्राम जेसीज नवलपरासीका श्रीधर बस्याल तथा इटहरी जेसीजका महेश पौडेलबीच भिडन्त भएको थियो l