

११ पुष, २०७४ जनकपुर उपमहानगरपालिका-२ किशोरीनगरीकी २२ वर्षीय रञ्जना शर्माको दाइजोका कारण हत्या भएको आफन्तले दावी गरेका छन् । उनको यही पुस ८ गते हत्या भएको थियो ।रञ्जनाका माइति पक्षका आफन्तहरुले पत्रकार सम्मेलन गरी आफूहरुसँग पटकपटक दाइजो स्वरुप रकम माग्ने गरेको भन्दै सोही कारण हत्या गरिएको दावी गरेका हुन् ।
पत्रकार सम्मेलनमा रञ्जनाका आफन्तले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिदा समेत अनुसनधान नभएको भन्दै प्रहरी र सरकारी वकिल कार्यालयले समेत रकम खाएर मुद्दा मिलाउन खोजेको आरोप लगाएका छन् ।
आफन्तहरुले देवनारयाण ठाकुर, उनकी श्रीमती सुमित्रदेवी ठाकुर, छोरा आनन्दमोहन शर्मा,अरविन्दकुमार ठाकुर, अरविनदकी श्रीमती रिकुकुमारी शर्माको विरुद्धमा जोहरी दिएका छन् ।
तर, प्रहरीले उनीहरुविरुद्ध मुद्दा नचलाएको भन्दै आफन्तले आक्रोश व्यक्त गरेका छन् ।धनुषा जिल्ला अदालतले रञ्जनाका ससुरा ६२ वर्षीय देवनारायण ठाकुरलाई पूर्वपक्षका लागि कारागार चलान गरिसकेको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश बासुदेव उप्रेतीको एकल इजलासले गत आइतवार ठाकुरलाई महोत्तरीको जलेश्वर करागार पठाउने आदेश दिएको हो ।
रञ्जनाकी सासु सुमित्रा देवी शर्मालाई समान्य तारेखमा रिहा गरेको छ । तर, महिलाका माइती पक्षले त्यसमा प्रहरीले निष्पक्ष रुपमा अनुसन्धान नगरेको र आफूहरुले दिएको जाहेरीमा समेत आरोपीहरुलाई बोलाएर समान्य बयान समेत प्रहरीले नलिएको दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।