११ पुष,प्रदेश नं १ र ३ मा नेकपा एमाले एक्लैले बहुमत प्राप्त गरेको छ।प्रदेश १ को ९३ सदस्यीय प्रदेश सभामा एमालेले ५१ सिट जितेको हो। बहुमतसँगै एमाले एक्लैले १ र ३ प्रदेशमा सरकार बनाउन सक्छ। उसले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट जितेको हो।बहुमतका लागि प्रदेश सभा १ मा ४७ सिट आवश्यक हुन्छ। तर, एमाले एक्लैले ४ सिट बढी जितेको हो। त्यस्तै, प्रदेश नं ३ को १ सय १० सदस्यीय सभामा एमालेले ५८ सिट जितेको छ।
प्रत्यक्षतर्फ एमालेले ४२ र समानुपातिकतर्फ १६ सिटमा जित हात पारेको हो। प्रदेश नं २ को १ सय ७ सदस्यीय सभामा एमालेले २१ सिट मात्र जितेको छ। त्यस्तै, प्रदेश ४ मा ६० मध्ये २७ सिट हात पारेको छ। प्रदेश ५ को ८७ सिटमध्ये एमालेले ४१ सिट हात पारेको छ।
प्रदेश ६ मा ४० मध्ये २० सिट जितेको हात पारेको छ। बहुमतका लागि प्रदेश नं ६ मा एमालेले मात्र १ सिट कम प्राप्त गरेको हो। त्यस्तै, प्रदेश नं ७ को ५३ मध्ये २५ सिटमा एमाले विजयी भएको हो।
प्रदेश नं २ बाहेक सबै प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ। प्रदेश नं २ मा एमालेको हैसियत तेश्रो छ। एमालेभन्दा अगाडि पहिलोमा संघीय फोरम र दोश्रोमा राजपा रहेको छ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।