११ पुष,नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले मार्क्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको बताएका छन्।र
कम्युनिस्ट नेता माओ त्सेतुङको १२५औँ जन्मदिनका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै नेता वैद्यले क्रान्तिलाई अगाडि बढाउन माओले देखाएको बाटामा दृढतापूर्वक अगाडि बढ्न आह्वान गरे।
‘सिंगो विश्वका साथै नेपालमा पनि क्रान्तिका लागि साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवादद्वारा भीषण अवरोध तथा चुनौती तेर्स्याइएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको कार्यभार वहन गर्न माओ दिवसले हामीलाई विशेष ऊर्जा र उत्प्रेरणा प्रदान गरेको छ।’
माओले चीनमा मात्र नभई विश्व क्रान्तिकै निम्ति सैद्धान्तिक हतियार प्रदान गरेको उल्लेख गर्दै वैद्यले उनको ऐतिहासिक योगदान सबैका लागि अविस्मरणीय रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।