१० पुस, हेटौंडा । पूर्व गृहराज्यमन्त्री एवम् प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँलाई पितृशोक परेको छ ।

नेपाली कांग्रेस मकवानपुर सभापति समेत रहेका बानियाँका ८१ बर्षिय बुबा छेमबहादुर बानियाँको अाज निधन भएको हो ।

प्रोष्टेड ग्रन्थी सम्बन्धी उपचारका लागि एक साता अघि काठमाडौंको बायोधा हस्पिटलमा भर्ना भएका उनलाई अचानक हृदयघात भएको थियो । चिकित्सकले अाज विहान ४ बजे मृत घोषित गरेका छन् ।

उनको अाजै १ बजे पशुपति अार्यघाटमा दाहसंस्कार गर्ने छोरा ईन्द्रबहादुर बानियाँले बताए । बानियाँका श्रीमती, २ छोरा र ६ छोरी छन् ।