रुपन्देहीको सिद्धार्थ नगरपालिका २ मेउडिहवा चोकमा गएराति मोटरसाइकल दुघटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक रुपन्देहीककै देबदह नगरपालिका ६ खैरेनीका २२ वर्षिय अमृत पौडेल रहेका छन् । पौडेलको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार कास्कीको पोखरा लेखनाथ महानगरपालिका १७ का २२ वर्षिय मनोज पौडेलको भने मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ । आईतबार राति पौने १ बजे लु २६ प ५०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।