धरान,९ पुस
दुइ दिनको अवधिमा ३२ ग्रामसहित पाच जनालाई धरान प्रहरीले प्रक्राउ गरी कारबाही अगाडि बढाएको छ । प्रहरीले पौष ७ गते धरान ३ सरस्वती बाल आश्रम नजिकबाट ७ ग्राम ब्राउनसुगरसहित सोही स्थानका समिर मगर र अर्का एकजना ललित बिकलाई प्रक्राउ गरेको हो भने पौष ८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुरुष छात्रा बासबाट २५ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ११४ नम्बरको कोठामा बस्ने काठमाण्डौ सिनामंगल घर भई हाल घोपामा बस्दै आएका २६ बर्षिय छितिज श्रेष्ठ, धरान १० बस्ने ३५ बर्षिय दिनेश श्रेष्ठ र धरान ५ बस्ने २५ बर्षिय उज्वल हलुवाईलाई रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो। प्रक्राउ परेका उनीहरुको आवश्यक अनुसन्धान भइरहेको डिएसपी पौडेललेजानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।