पुष ९,कालीकोटमा प्रहरीको गोली लागि मारिएका म्यादी प्रहरी विवेक ऐडीलाई शहीद घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।

गोली प्रहार गर्नेलाई कारबाही गर्नुपर्नेलगायत माग गर्दै कर्णाली अञ्चलका युवाहरूले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुशमा प्रहरीले गोली चलाउँदा शुक्रबार शान्नित्रिवेणी गाउँपालिका–४ का म्यादी प्रहरी ऐडीलाई लागी गम्भीर घाइते भएकामा उपचारको क्रममा मृत्यु भएको थियो ।

सोही अवसरमा नेकपा (एमाले)कालीकोटका अध्यक्ष नेशनल शाही, नेकपा (माओवादी केन्द्र) कालीकोटका जिल्ला सदस्य खेमबहादुर सिंहले र अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य तिलक उपाध्यायलगायतले मृतक ऐडीलाई शहीद घोषणा गरेर क्षतिपूर्ति उपलब्ध गराउन र घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । रासस