पुस ९,नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ ।

देउवा सरकारले राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेश अघिल्लो महिना राष्ट्रपति समक्ष अनुमोदनका लागि पाएको थियो । तर लामो समयसम्म अध्यादेश जारी नभई राष्ट्रपतिले होल्ड गरेपछि नेवि संघले आइतबार राजधानीमा प्रदर्शनी गरेको हो ।

राजधानीको प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म नेवि संघले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए ।राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवेधानिक गतिरोध सृजना गर्न खोजेको नेवि संघको आरोप छ ।