पुस ९,मुम्बई । चारा घोटालामा दोषी ठहर गरिएका लालु प्रसाद यादवलाई राँचीस्थित विर्सा मुन्डा जेलमा पठाइएको छ । जेलमा रहेका स्रोतका अनुसार लालुलाई अप्पर डिभिजन सेलमा राखिनेछ, सन् २०१३ मा हिरासतमा लिइँदा उनलाई यहाँ नै राखिएको थियो ।उनले त्यहाँ ७७ दिन बिताएका थिए । पछि उनले सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका थिए ।
अप्पर डिभिजन सेलमा उनलाई एउटा लामखुट्टेको झुल, दैनिक एउटा पत्रिका, एउटा टेलिभिजनको व्यवस्था गरिएको थियो । स्रोतका अनुसार उनलाई घरबाट बनेको खाना पनि खान दिइने छ भने उनले चाहे जेलमा आफै पकाउने सुविधा पनि दिइनेछ । सन् २०१४ मा मुटुको शल्यक्रिया गरेका पूर्व रेलमन्त्रीले धेरै खानेकुरा बार्नुपर्ने हुन्छ ।
राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्व मुख्यमन्त्रीले जेलमा पनि भिआइपी सुविधा पाउनेछन् । जेल अधिकारीका अनुसार अन्य कैदीलाई पनि उनलाई भेट्न दिइनेछैन ।
राष्ट्रिय जनताका नेताहरुले लालुलाई जेलको मुख्य द्वारसम्म छाड्न पुगेका थिए ,लालु यादवलाई सीबीआईको विशेष अदालतले चारा घोटालामा ८५ लाख भारतीय रुपमा भ्रष्टाचार गरेको मामिलामा दोषी करार गरेको छ । सन् १९९१ देखि १९९४ को बीच्मा उनले यो भ्रष्टाचार गरेका थिए । हाल उनी हिरासतमा रहेका छन् । यसबारे तीन जनवरीमा सजाय सुनाइने बताइएको छ ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।